अमेरिकी राष्ट्रपति ट्रम्पले भनेः रुसका राष्ट्रपति पुटिनलाई ‘पागल’ हुन

काठमाण्डु टुडे २०८२ जेठ १२ गते १७:०४ मा प्रकाशित

एजेन्सी– युक्रेनी वायुसेनाले आइतबार रातिदेखि सोमबार बिहानसम्म रुसले युक्रेनमा ३५५ ड्रोन र ९ वटा मिसाइल प्रहार गरेको दाबी गरेको छ ।

युक्रेनी वायुसेनाका प्रवक्ताले समाचार एजेन्सी रोयटर्सलाई बताएअनुसार यो आक्रमण युद्धको क्रममा अहिलेसम्मकै सबैभन्दा ठूलो ड्रोन भएको अभिव्यक्ति दिएका थिए ।

युक्रेनी वायुसेनाले सबै क्षेप्यास्त्रहरू खसालेको बताएको छ भने २८८ वटा युएभी र ड्रोनहरू ‘निष्क्रिय’ पारिएको दाबी गरेको छ । यसअघि युक्रेनले शनिबार रातिदेखि आइतबार बिहानसम्म रुसले २९८ ड्रोन र ६९ वटा मिसाइल प्रहार गरेको बताएको थियो । यता, अमेरिकी राष्ट्रपति ट्रम्पले रुसले युक्रेनमा निरन्तर बमबारी गरिरहेकोमा असन्तुष्टि जनाएका छन ।

उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘पागल’ भनेका छन् । ट्रम्पले रुस विरुद्ध थप प्रतिबन्ध लगाउने बारेमा विचार गरिरहेको बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us