
काठमाण्डू, १६ चैत– हिजो (शुक्रबार) काठमाण्डू उपत्यकाको तीनकुने र कोटेश्वर क्षेत्र पूर्वराजाका समर्थकहरूको प्रदर्शनका कारण रणमैदान बन्न पुग्यो । सो घटना एक पत्रकारसहित २ जनाले ज्यान गुमाए ।
दर्जनौँ घाइते भए । निजी, सार्वजनिक भवन, पार्टी कार्यालय र बिजनेस कम्प्लेसहरुमा तोडफोड, आगजनी र लुटपाट गरियो । शनिवार भने उक्त क्षेत्र सामान्य बनेको छ ।