
काठमाण्डू, १६ चैत– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हिजो शुक्रबारको काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादीहरूको प्रदर्शनबाट घटेको घटनामा उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।
आज (शनिबार) बसेको पार्टीको सचिवालय बैठकले घटनामा संलग्नलाई कानुनी दायराभित्र ल्याएर यथोचित कारबाही गर्न उच्च न्यायिक छानबिन आयोग गठनको माग गरेको हो ।
त्यस्तै, रास्वपाले केन्द्रीय समिति बैठक पनि आह्वान गरेको छ । आगामी चैत १८ गते केन्द्रीय कार्यालय, बनस्थलीमा बैठक आह्वान भएको रास्वपाका एक नेताले जानकारी दिएका छन ।