
काठमाण्डू, १५ चैत- जिल्ला प्रशासन कार्यलय काठमाण्डूले भालि बिहान सात बजे सम्मको लागि कर्फ्यु थप छ ।
भोलि बिहान सात बजे सम्मको लागि कर्फ्युको समय थप गरिएको जिल्ला प्रशासन कार्यलय काठमाण्डू प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिएका छन ।
राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौंको तीनकुनेसहितका क्षेत्र तोकेर आज राति १० बजेसम्मका लागि कर्फ्यु आदेश गरेको थियो ।
शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मका पाँच स्थान तोकेर जारी भएको कर्फ्यु आदेश भोलि बिहान ७ बजेसम्मका लागि थप भएको हो । कफ्र्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो ।
कर्फ्यु नै जारी भइसकेपछि पनि प्रदर्शनकारीहरूले काठमाण्डूका विभिन्न ठाउँमा तोडफोड र आगजनी गरेका छन् ।