
काठमाण्डू, १५ चैत– आज शुक्रबार काठमाण्डूका भएको आन्दोलनमा राजावादी प्रदर्शनकारीहरूले कोटेश्वर भाटभटेनी सुपर स्टोरमा तोडफोड गरेर मोबाइल फोन, घडी, मदिरा जस्ता महँगा सामान लुटेका छन् ।
भाटभटेनी व्यवस्थापनका एक अधिकारीका अनुसार प्रदर्शनकारीहरू सुरुमा एक दर्जन संख्यामा आएर मूलगेट फुटाएका थिए । त्यसपछि कम्पाउन्डभित्र छिरेर तोडफोड सुरु गरेका थिए ।
भाटभटेनी व्यवस्थापनले लगत्तै प्रहरीलाई फोन दिउँसो ३ः२८ बजे फोन गरेर सहयोग मागे पनि प्रहरी भने ३४ मिनेटपछि मात्र आएपछि स्थिति नियन्त्रणमा आएको थियो ।