राजावादी प्रदर्शनमा घाइते भएका एक युवकको मृत्यु

काठमाण्डु टुडे २०८१ चैत १४ गते १८:२२ मा प्रकाशित

काठमाण्डू, १५ चैत– आज (शक्रबार) काठमाण्डूको तीनकुनेमा भएको राजावादी आन्दोलनमा घाईते भएका एक युवाको मृत्यु भएको छ ।

आज दिउँसो भएको राजावादीहरूको प्रदर्शनमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जन महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रदर्शनमा घाइते भएका उनलाई तत्काल उपचारका लागि टिचिङ अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो । त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुबास आचार्यका अनुसार घाँटीमा गोली लागेर आएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us