
काठमाण्डू, १५ चैत– आज (शक्रबार) काठमाण्डूको तीनकुनेमा भएको राजावादी समुहको प्रर्दशनकारीलाई प्रहरीले तितरवितर पारेर तीनकुनेबाट खेदेपछि राजावादी समुहका प्रर्दशनकारीहरुले जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी गरेका छन ।
राजावादी समूहले तोडफोड र आगजनी गर्न सुरु गरेपछि कर्मचारीहरूले भागेर ज्यान जोगाएको कम्पनीकी महाप्रबन्धक डा. संगीता यादवले जानकारी दिएकी छन ।
उनले भनिन्, ‘साढे २ बजेतिर भित्र काम गरिरहेका थियौँ,’ यादवले अनलाइनखबरसँग भनिन्, ‘अचानक बाहिरबाट ढुंगामुढा सुरु भयो । अफिसमा अगाडि सिसैसिसा छ । कसरी ज्यान जोगाएर बस्ने भन्ने भएर भित्र कोठामा बसेका थियौँ । बाहिर राखिएका गाडीमा आगजनी गर्न सुरु गरे ।’
मुख्य भवनमा पनि आगो लगाउने डरले पछाडि पट्टी स्टोरबाट बाहिर भागेको यादवले जानकारी दिइन् । आगजनी हुन थालेपछि प्रहरी, वन कार्यालय लगायत पहुँच भएका सबै ठाउँमा सहयोग माग्दा पनि आगो निभाउन पहल नभएको गुनासो यादवको छ ।