
काठमाण्डू, १५ चैत– जिल्ला प्रशासन कार्यलय काठमाण्डूले काठमाण्डूको तीनकुने क्षेत्रमा कफ्यु लगाएसँगै नेपाली सेनाको टोली काठमाण्डूको सडकमा निस्किएको छ । जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएसँगै सेनाको टोली सडकमा निस्किएको हो ।
बालकुमारी क्षेत्रमा राजदल गणबाट सहसेनानी सन्दीप गुरुङको कमाण्डमा टोली खटिएको छ । नर्सिङ दल गणबाट पनि सेनाको एक टोली बालकुमारीतर्फ प्रस्थान गरेको छ ।
राजावादी समूहले गरेको उग्र प्रदर्शनका कारण प्रशासनले कर्फ्यु लगाइएको जिल्ला प्रशासनकार्यलय कार्यलय काठमाण्डूले जानकारी दिएको छ ।