गृह मन्त्रालयले पत्रकार सम्‍मेलन गर्दै

काठमाण्डु टुडे २०८१ चैत १४ गते १७:५६ मा प्रकाशित

काठमाण्डू, १५ चैत– राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयले आज साँझ पत्रकार सम्‍मेलन गर्ने भएको छ ।

गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका टोली समेतको बैठकपछि गृह मन्त्रालयमा साँझ ६ बजे पत्रकार सम्‍मेलनको तयारी गरीएको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ ।

बैठकमा प्रदर्शनको समीक्षा र अबको योजना र कर्फ्‍यूबारे जानकारी दिने गृहमन्त्री लेखकको सचिवालयले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us