
काठमाण्डू, १५ चैत– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे संसद्मा बोल्न तयार भएका हुन ।
यही चैत १८ गते प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिएका छन । यस अधि प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले संसदमा जवाफ नदिने भनेर सार्वजनिक मञ्चबाट घोषणा गरेका थिए ।