तीनकुनेमा एपीएफको गाडीमा ढुंगामुढा

काठमाण्डु टुडे २०८१ चैत १४ गते १५:०३ मा प्रकाशित

काठमाण्डू, १५ चैत– काठमाण्डूको तिनकुने क्षेत्रमा राजावादी समुहका प्रर्दशनकारीहरुले प्रर्दशन गरी रहेका छन । उक्त प्रर्दशनमा राजावादी समुहले सशस्त्र प्रहरी (एपीएफ) को गाडीमा ढुंगामुढा प्रहार गरेको छ ।

तीनकुनेस्थित एक घरमा लागेको आगो निभाउन आएको सशस्त्र प्रहरी टोली सवार गाडीमाथि ढुंगामुढा भएको हो । राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो । राजावादी समर्थकको प्रदर्शनका कारण अहिले तीनकुने क्षेत्र तनाव ग्रस्त छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us