आगो निभाउन आएको दमकलमाथि ढुंगा प्रहार

काठमाण्डु टुडे २०८१ चैत १४ गते १४:५६ मा प्रकाशित

काठमाण्डू, १५ चैत– काठमाण्डूको तिनकुने क्षेत्रमा भएको आगो निभाउन आएको दमकलमाथि राजावादी समुहका प्रदर्शनकारीले ढुंगा प्रहार गरेका छन् ।

प्रहरीसँगको झडपपछि प्रदर्शनकारीले स्थानीयको एक घरमा आगो लगाएका थिए । आगो दन्दनी बलेपछि निभाउन दमकल आएको हो । प्रदर्शनकारीहरूले दमकललाई लक्षित गरेर लगातार ढुंगा प्रहार गरिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us