तीनकुने झडपमा दुई प्रहरीसहित पाँच घाइते

काठमाण्डु टुडे २०८१ चैत १४ गते १४:४४ मा प्रकाशित

काठमाण्डू, १५ चैत– काठमाण्डूको तिनकुने क्षेत्रमा प्रर्दशन गरीरहेका राजावादी समुह र प्रहरीबिच झडप हुँदा पाँचजना घाइते भएका छन् । घाइते हुनेमा दुई प्रहरी तीन प्रदर्शनकारी रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरूको तीनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । राजावादीहरू प्रहरीको घेरा तोडेर निषेधित क्षेत्रतर्फ प्रवेश गर्न खोजेपछि झडप उत्पन्न भएको हो ।

त्यसक्रममा प्रहरीले सुरुमा लाठी प्रहार गरेको थियो भने राजावादीहरू नरोकिएपछि अश्रुग्यास प्रहार गरेको थियो । राजावादीहरूले कार्यक्रम आयोजना गर्न बनाइएको मञ्चतर्फ लक्षित गर्दै प्रहरीले अश्रुग्यास प्रहार गरेपछि मञ्चमा रहेका नेताहरू समेत तितरबितर भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us