
काठमाण्डू, १५ चैत– आज (शुक्रबार) काठमाण्डूमा समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा गर्न लागेको प्रदर्शनमा ४ जना शीर्ष नेताले सम्बोधन गर्ने भएका छन ।
मोर्चामा आवद्ध दलका शीर्ष नेताहरू पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेत्रविक्रम चन्द विप्लव र महेन्द्र राय यादवले सभालाई सम्बोधन गर्ने भएका हुन् ।
मोर्चाले उपत्यकाका विभिन्न ठाउँबाट जुलुस सुरु गरेको छ । जुलस काठमाडौंको भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत हुने बताइएको छ । भृकुटीमण्डपमा सभाका लागि मञ्च तयार भइसकेको छ ।