
काठमाण्डू, १४ चैत– हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बुधबार साँझ ७ः ४४ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिएका छन ।
यसअघि हिजै साँझ नेपालको उत्तरपूर्वी सीमानजिकै सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।