कानुनभित्र नबस्ने कर्मचारीलाई लगाम लगाउनु सरकारको दायित्व होः ऊर्जामन्त्री खड्का

काठमाण्डु टुडे २०८१ चैत १३ गते १७:३८ मा प्रकाशित

काठमाण्डू, १४ चैत– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कानुनभित्र नबस्ने कर्मचारीलाई लगाम लगाउने सरकारको दायित्व भएको बताएका छन । आज बिहिबार काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्र्दै उर्जामन्त्री खड्काले यस्तो बताएका हुन ।

उर्जा मन्त्री खड्काले अहिले कानुनभन्दा माथि बसेर आफूलाई स्थापित गर्न कर्मचारीहरूबीच होडबाजी चलेको पनि बताएका छन । उर्जामन्त्री खड्काले भने, ‘साच्चै काम गरेर को स्थापित हुने भन्ने कुरामा प्रतिस्पर्धा गरौं मेरो आग्रह छ ।

यदि त्यसो भएन भने लगाम लगाउनुपर्ने, ठिक ठाउँमा राख्नुपर्ने सरकारको दायित्व हुन्छ, ‘काम सबै मिलेरै गर्ने हो तर अनुशासित, मर्यादित भई कानुनभित्र बसेर काम गर्ने हो ।

यसमा तपाईंहरूको पनि ध्यान जाओस् । मर्यादा र अनुशासनभित्र बसेर काम गर्न समेत उनले ध्यानाकर्षण गराएका छन् । मन्त्री खड्काले भने, ‘कानुनभन्दा माथि बसेर, संविधानभन्दा माथि बसेर काम गर्न खोज्नु हुँदैन ।

त्यो चाहीँ स्वच्छाचारी हुन्छ । यो व्याप्त छ अहिले । हामी सबैले आफूलाई भयंकर स्थापित गर्नुछ, ‘प्रचारबाजी गर्नुछ, मिडियाबाजी गर्नुछ । कर्मचारी साथीहरूलाई पनि हेर्छु म को चाहीँ बढी प्रचारबाजी गरेर स्थापित हुने भन्ने प्रतिस्पर्धा चलेको छ ।

यसले समाजलाई कहीँ पुर्‍याउँदैन ।’ सरकारले सन् २०३५ भित्रमा जडित क्षमता २८ हजार ५०० मेगावाट र प्रतिव्यक्ति विद्युत् खपत १ हजार ५ सय युनिट प्रतिवर्ष पुर्‍याउने लक्ष्यसहित काम गरिरहेको उनको भनाइ थियो । अबको दुई वर्षभित्रमा मुलुकका शतप्रतिशत घरधुरीमा विद्युत पहुँच पुर्‍याउने लक्ष्यका साथ सरकार अघि बढिरहेको उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us