
काठमाण्डू, १४ चैत– राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिमा कमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईंले प्रप्त गरेका छन ।
समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गर्दै प्रसाईंलाई कमाण्डरको जिम्मेवारी दिइएको जानकारी दिएका छन ।
प्रसाईंकै नेतृत्वमा भोलि (शुक्रबार) काठमाण्डूमा प्रदर्शन हुँदैछ । राजावादीको प्रदर्शनका लागि काठमाण्डूको प्रशासनले तिनकुनेको स्थान छुट्याएको छ ।
उक्त प्रदर्शन सफल बनाउने दायित्व सम्झिएको बताउँदै सुवेदीले आन्दोलनमा सहभागी हुन आग्रह समेत गरेका छन । सोही दिन गणतन्त्र पक्षधरहरूले पनि काठमाडौंको भृकुटिमण्डपमा प्रदर्शन गर्दैछन् ।