बाबुले चलाएको ट्रकले किचेर छोरीको मृत्यु

काठमाण्डु टुडे २०८१ चैत १२ गते १७:३७ मा प्रकाशित

काठमाण्डू, १३ चैत– काभ्रेको नालामा बाबुले चलाएको ट्रकले किचेर आफ्नै छोरीको ज्यान गएको छ । काभ्रेको बनेपा नगरपालिका-४ मा बा ४ ख ८५९२ नंवाको महेन्द्र निशान ट्रकले किच्दा ३ वर्षकी समीक्षा बरालको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जानकारी दिएको छ ।

उक्त गाडी उनका बाबू सरोज बरालले चलाइहरेका थिए । सिन्धुली गोलन्जोर गाउँपालिका वडा नं १ घर भएका बराल नालामा परिवारसहित बस्दै आएक थिए । स्थानीय शुभकामना सप्लायर्स नामक बालुवा डिपोमा बस्दै आएका बरालले खाली ट्रक ब्याक गर्ने क्रममा छोरी समीक्षालाई किचेको थियो ।

उनको घटनास्थलमै निधन भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख ज्ञानबहादुर खड़काले जानकारी दिएका छन । ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक सम्पर्कमै रहेको प्रहरीले जनाएको छ ।

मृतक बालिकाको शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल लगिएको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us