राष्ट्रिय सभाको बैठक पनि स्थगित

काठमाण्डु टुडे २०८१ चैत १२ गते १६:२८ मा प्रकाशित

काठमाण्डू, १३ चैत– आज (बुधबार) बसेको राष्ट्रिय सभाको बैठक पनि स्थगित भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विषयमा प्रश्न उठाउँदै विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग्दै बैठकमा निरन्तर अवरोध गरेपछि आज बसेको राष्ट्रिय सभाको बैठक पनि स्थगित भएको हो ।

यही कारण दिउँसो सवा १ बजे बोलाइएको बैठक कार्यसूचीमा पर्न सकेको थिएन । आधा घण्टाका लागि स्थगित बैठक बस्न सकेन । दोस्रो बैठक दिउँसो पौने ४ बजे बस्ने तय भएको थियो । तर, यो बैठकमा पनि विपक्षीले अवरोध कायमै राखे ।

त्यसपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले अर्को बैठक बिहीबार मध्यान्ह सवा १२ बजे बस्ने गरी बैठक स्थगित गरे ।बुधबारको प्रतिनिधिसभा बैठक पनि विपक्षी दलको अवरोधका कारण चल्न सकेन ।

दोस्रो बैठकमा पनि विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us