ललितपुरको बुढीदेवी सामुदायिक वनमा भीषण आगलागी, आगो बस्ती पस्ने जोखिम

काठमाण्डु टुडे २०८१ चैत १२ गते १६:२३ मा प्रकाशित

 काठमाण्डू, १३ चैत– ललितपुरको बुढीदेवी सामुदायिक वनमा भीषण आगलागी भएको छ । मंगलबार साँझदेखि बुढीदेवी डाँडामा लागेको डढेलो बस्ती पस्ने जोखिम बढ्ेको ललितपुरको बागमती गाउँपालिका–४ का अध्यक्ष रामकुमार लामाले जानकारी दिएका छन ।

स्थानीयको सहयोगमा मंगलबार साँझ अबेरसम्म आगो निभाउने प्रयास भए पनि नसकिएको उनले जानकारी दिएका छन । आगो बस्तीमा पस्ने जोखिम बढेपछि वडाध्यक्ष लामाले सूचना जारी गरेरै आगो निभाउने कार्यमा सघाउन सबैसँग अनुरोध समेत गरेका छन ।

वडाध्यक्ष लामाले सामुदायिक वनमा लागेको आगो बस्ती पस्ने जोखिम रहेकोले स्थानीयलाई सचेत रहन समेत आग्रह गरेका छन् । प्युटारका स्थानीय लालबहादुर भोम्जन सामुदायिक वनसँगै सटेको बस्ती जोखिममा रहेको बताउँछन् ।

स्थानीयको सक्रियतामा वनको डढेलो बस्ती आउन नदिनका लागि पातपतिङ्गर फालेर ‘फायर लाइन’ बनाउने काम भइरहेको उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us