काठमाण्डू, १३ चैत– कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएको विरोधमा प्रतिपक्षी दलहरुले आज (बुधबार) राष्ट्रिय सभा बैठक पनि अवरुद्ध गरेका छन । बैठक सुरु हुनासाथ सांसदहरु उठेका विरोध जनाएका थिए ।
त्यसपछि राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले माओवादी केन्द्रका सांसद गोपी सार्की अछामीलाई बोल्ने समय दिए । अछामीले सरकारले पूर्वाग्रह राखेर घिसिङलाई पदबाट हटाएको भन्दै विरोध जनाएका थिए ।
यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनले बताएका छन । यसअघि प्रतिनिधि सभा बैठक पनि प्रतिपक्षी दलहरुले अवरुद्ध गरेका छन ।