अझै सुरु भएन आधा घण्टा स्थगित संसद बैठक

काठमाण्डु टुडे २०८१ चैत १२ गते १३:३७ मा प्रकाशित

काठमाण्डू, १३ चैत– आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठक आधा घण्टा स्थगित भए पनि अझै सुरु हुन सकेन । बिहान ११ बजे बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको थियो ।

बैठक सुरु भएलगत्तै विपक्षी दलहरूको विरोधका कारण स्थगित बैठक पुनः सुरु हुनमा सकेको छैन । विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारे प्रधानमन्त्रीको जवाफको माग गरेका छन ।

प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने उनीहरूको भनाइ छ । तर, सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीलाई जवाफ दिनका लागि सूचना दिनुपर्ने भनेर बुधबारको बैठक चलाउने वातावरणका लागि आग्रह गरिरहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us