
काठमाण्डू, १२ चैत– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति भइरहेको विरोधलाई लिएर असन्तुष्टी व्यक्त गरेका छन ।
प्रधानमन्त्री ओलीले तीललाई पहाड बनाउन खोजिएको उनको टिप्पणी समेत गरेका छन । आज मंगलबार नेपाली कांग्रेसकी नेता सुजाता कोइरालाको पुस्तक ‘म र सानोबुवा’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।