ओलीले देउवालाई प्रमुख प्रतिपक्षी दलको नेता भनेपछि…

काठमाण्डु टुडे २०८१ चैत ११ गते १६:१८ मा प्रकाशित

काठमाण्डू, १२ चैत– प्रधानमन्त्री केपी ओलीले काँग्रेस सभापति शेरबहादुर देउवालाई विपक्षी दलको नेता भनेर सम्बोधन गरेका छन् ।

काँग्रेस नेतृ सुजाता कोइरालाद्वारा लिखित पुस्तक ‘म र मेरो सानु बुबा’ विमोचन कार्यक्रममा मंगलबार मञ्चमा सँगै रहेका देउवालाई ओलीले प्रमुख प्रतिपक्षी दलको नेता सम्बोधन गरेका हुन् ।

गत असार १७ गते मध्यरातमा काँग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिका आधारमा असार अन्तिममा ओली प्रधानमन्त्री नियुक्त भएका थिए । ओलीले देउवालाई प्रमुख प्रतिपक्षी दलको नेता भनेपछि हल हाँसोले गुञ्जिएको थियो ।

मानिसहरु हाँसेपछि ओलीले आफ्नो अभिव्यक्ति सच्याएर देउवालाई ‘काँग्रेसका सभापति देउवाजी’ सम्बोधन गरे । ओलीले देउवा प्रतिपक्षमा नभई आफूहरु सँगै सरकारको रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us