एमाले कार्यकर्ताद्वारा प्राधिकरणको भरतपुर केन्द्र प्रमुख कुटिए

काठमाण्डु टुडे २०८१ चैत ११ गते १६:०१ मा प्रकाशित

चितवन, १२ चैत– एमाले सम्वद्ध युवासंघ कार्यकर्ताले नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र प्रमुख रामु श्रेष्ठमाथि कुटपिट गरेका छन् ।

करिब ३०/४० जनाको समूहमा रहेका युवासंघ कार्यकर्ताले श्रेष्ठमाथि कुटपिट र उनको कार्यकक्षमा तोडफोड गरेका हुन् । कार्यालयको डिजिटल सूचना बोर्डमा ‘केपी चोर देश छोड’ लेखिएको डिस्प्ले भएको थियो ।

सरकारले सोमबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको विरोधमा राजधानीसहित देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ भने सामाजिक सञ्जाल तातिएको छ ।

वितरण केन्द्रले एक सूचना जारी गर्दै सूचना बोर्ड ह्याक गरी प्रधानमन्त्री ओलीविरुद्ध गाली गलौज तथा अपशब्द अपलोड गरिएको विषयमा छानबिन गरी दोषीमाथि कारबाही माग गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us