म कांग्रेस सभापति हुनमा गिरिजाबाबुको ठूलो योगदान छः देउवा

काठमाण्डु टुडे २०८१ चैत ११ गते १५:३२ मा प्रकाशित

काठमाण्डू, १२ चैत– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पार्टी सभापति हुनमा गिरिजाप्रसाद कोइरालाको ठूलो योगदान रहेको बताएका छन ।

आज (मंगलबार) गिरिजापुत्री सुजाता कोइरालाले लेखेको म र सानोबुबा नामक कितावको विमोचन गर्न काठमाण्डूमा आयोजित कार्यक्रममा देउवाले यस्तो बताएका हुन ।

उनले गिरिजाले आफूले फुटालेको पार्टी एकीकरणको प्रस्ताव नराखेको भए आफू कांग्रेसको सभापति बन्न नसक्ने बताएका छन । उनले भने, ‘म पार्टी सभापति हुन गिरिजाबाबुको ठूलो योगदान छ ।

म पार्टी फोडेर हिडेको मान्छेलाई पार्टीमा फेरि मिलौ नभनेको भए म कांग्रेसका सभापति हुने थिइन् होला । बोलाएर भनेपछि हामीले पार्टी एकीकरण गर्‍यौ । र, अहिले सभापति बन्न पाए ।’

देउवाले आफ्नो र गिरिजाको सम्बन्धमा धेरै उतारचढाव रहेको पनि बताए । कोइराला र म बीच धेरै उतारचढाव छन् । कोइरालाले मलाई पार्टीबाट निकाल्नुभयो, मैले अर्को पार्टी खोले । फेरि मिलौ भन्नुभयो मिल्यौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us