
काठमाण्डू, १२ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका शेरबहादुर देउवाले एकसाथ सक्रिय राजनीतिबाट सन्न्यास नलिए देशमा जे पनि हुन सक्ने दाबी गरेका छन ।
हिजो सोमबार ढकालले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्, अन्यथा, देशमा जे पनि हुन सक्छ। अगाडि उनी लेखेका छन, ‘ओली, देउवा र प्रचण्ड तीनै नेताले एकसाथ सक्रिय राजनीतिबाट सन्न्यास लिएको घोषणा गरे सम्भावित मुठभेड रोकिन सक्छ ।
आज यी तीन नेताहरूबीच भेटवार्ता भयो। उनीहरूले सङ्क्रमणकालीन न्याय टुङ्ग्याउनका लागि सिफारिस समिति बनाउने सहमति गरेका छन्।