बालेनको चेतावनीः एक हप्तामा कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिन्छु

काठमाण्डु टुडे २०८१ चैत ११ गते ११:३५ मा प्रकाशित

काठमाण्डू, १२ चैत– काठमाण्डू महानगरपलिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्ना कर्मचारीलाई एक हप्ताभित्र तलब नआए सबैलाई टुकुचामा गाडदिने चेतावनी दिएका छन् । हिजो सोमबार साँझ सामाजिक सञ्जालमार्फत् उनले विगत तीन महिनादेखि सरसफाइ कर्मचारीहरू तलब नपाएको भन्दै आक्रोश व्यक्त गरेका हुन ।

उनले कर्मचारीको तलब रोकिएको अवस्था सरकारको दम्भका कारण भएको जिकिर समेत गरेका छन । मेयर बालेनले सामाजिक सञ्जालमा लेखेका छन, ‘महानगरपालिकाका सरसफाइ कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन्, यो सरकारको दम्भले, ‘को कोले के के आन्दोलन गर्छन्, मलाई थाहा छैन ।

तर अबको एक साताभित्र हाम्रो कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडदिन्छु।’ राजनीतिक दलतर्फ संकेत गर्दै मेयर शाहले थप लेखेका छन्, ‘त्यसपछि हेरौँला, तिमीहरूको के कस्तो तन्त्र छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us