
काठमाण्डू, १२ चैत– पूर्व उर्जा जलस्रोत तथा सिञ्चाईमन्त्री समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले नेपाल विद्युत् प्राधिकरणमा प्रतिगमन गरेको आरोप लगाएका छन् ।
हिजो (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । उक्त निर्णप्रति आपत्ति जनाउँदै अध्यक्ष लिङ्देनले यस्तो ।
उनले भनेका छन, ‘सरकारले कुलमान घिसिङलाई हटाएर हितेन्द्र शाक्यलाई ल्याउने निर्णय गरेर नेपाल विद्युत प्राधिकरणमा प्रतिगमन गरेछ, ‘नेपाल विद्युत प्राधिकरणमा गरिएको चरम राजनीतिक हस्तक्षेपले ऊर्जा क्षेत्रमा पुनः संकट आउन सक्ने खतरा बढेको छ ।’ उनले सरकारको यो निर्णयको विरोध गर्न सबै नागरीकहरुलाई आग्रह समेत गरेका छन ।