मैनबत्ति बालेर रविले गरे कुलमान हटाउने निर्णयको सांकेतिक विरोध

काठमाण्डु टुडे २०८१ चैत ११ गते ११:१२ मा प्रकाशित

काठमाण्डू, १२ चैत– पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयको सांकेतिक विरोध जनाएका छन ।

हिजो (सोमबार) राति लामिछानेले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै सांकेतिक विरोध जनाएका हुन । जहाँ उनले बलिरहेको बत्ति निभाएर मैन बत्ति बालेका छन् । लामिछानेले कुनै प्रतिक्रिया भनेका दिएका छैनन् ।

मौन देखिएका उनले सांकेतिक रुपमा केहीबेर मैनबत्ति बालेर बसेका हुन् । उनले उक्त पोस्टको क्याप्सनमा लेखेका छन्, ‘कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छ्न् !!’

हिजो (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us