अदालत जाने तयारीमा कुलमान

काठमाण्डु टुडे २०८१ चैत ११ गते ८:३५ मा प्रकाशित

काठमाण्डू, १२ चैत– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफूलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध अदालत जाने भएका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो । कुलमानलाई हटाउनेसम्बन्धी प्रस्ताव ऊर्जामन्त्री दीपक खड्काले मन्त्रिपरिषदमा लगेका थिए ।

निर्णयको सर्वत्र विरोध भइरहेको छ । घिसिङले सरकारको पत्र प्राप्त भएपछि आफ्नो बर्खास्तीविरुद्ध अदालत जाने तयारी गरेको उनीनिकट प्राधिकरणका एक उच्च कर्मचारीले बताए ।

‘देशमा लोडसेडिङ हटाएबापत कुलमानलाई बर्खास्त गरिएको हो कि के हो ? उनले भने, ‘बर्खास्तीको पत्र प्राप्त भएपछि अदालत जाने तयारी छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us