
काठमाण्डू, ११ चैत– सिंहदरबारमा प्रमुख तिन दलका शीर्ष नेताहरुको बैठक जारी छ । केहिबेर अधि सुरु भएको बैठकमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबाहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरु सहभागी रहेका छन् ।
आजको बैठकमा संक्रमणकाली न्यायको बिषयमा मुख्य छलफल हुने प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नी खरेलले जानकारी दिएका छन ।
आजको बैठकमा गृहमन्त्री रमेश लेखक नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत लगायत नेताहरु सहभागी रहेको प्रधानमन्त्रीको. सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।
बैठक अधि माओवादी अध्यक्ष प्रचण्ड राष्ट्रपति पौडेललाई भेट्न शितल निवास पुगेका थिए ।