भन्सार विधेयक २०८१ अर्थ समितिबाट सर्वसम्मतिले पारित

काठमाण्डु टुडे २०८१ चैत १० गते १६:२२ मा प्रकाशित

काठमाण्डू, ११ चैत– आज सोमबार बसेको अर्थ समितिको बैठकले भन्सार विधेयक २०८१ सर्वसम्मतिले पारित गरेको छ । प्रतिनिधि सभा अन्तगर्तको अर्थसमिति बैठकमा आज दफावार छलफल पछि सर्वसम्मतिले पारित भएको हो ।

समितिले लामो समयसम्म विधेयकमा छलफल गरी भन्सारलाई व्यवस्थित बनाउने गरी विधेयक पारित गरेको समिति सभापति सन्तोष चालिसेले जानकारी दिएका छन ।

सभापति चालिसेले विधेयकलाई चाडै प्रतिनिसभामा प्रतिवेदन पेस गर्ने पनि जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us