भ्रष्टाचार मुद्दामा फरार विद्युत् प्राधिकरणका सहायक प्रबन्धक उप्रेती पक्राउ

काठमाण्डु टुडे २०८१ चैत १० गते १९:३५ मा प्रकाशित

काठमाण्डू, ११ चैत– प्रहरीले भ्रष्टाचार मुद्दामा फरार रहेका नेपाल विद्युत् प्राधिकरणका सहायक प्रबन्धक ध्रुवकुमार उप्रेतीलाई पक्राउ गरेको छ ।

चितवन स्थायी घर भई हाल काठमाण्डूको वनस्थली बस्ने ६५ वर्षीय उप्रेती गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर भएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाट दायर गरेको मुद्दामा सर्वोच्च अदालतले गत १२ गतेको फैसला गर्दै उप्रेतीलाई २ करोड ५५ लाख १६ हजार चार सय त्रियासी रुपैयाँ जरिवाना र ६ महिना कैद हुने ठहर गरेको थियो ।

सो सजाय बेरुजु भई फरार रहेका उप्रेतीलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोली आइतबार वनस्थलीबाट पक्राउ गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us