ओली, देउवा र प्रचण्डको भेटपछि बस्दै मन्त्रिपरिषद् बैठक

काठमाण्डु टुडे २०८१ चैत १० गते १५:५३ मा प्रकाशित

काठमाण्डू, ११ चैत– आज (सोमबार) मन्त्रिपरिषद् बैठक बस्दैछ । मन्त्रीपरिषद् बैठक सोमबार साँझ साढे ५ बजेका लागि बोलाइएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठक नियमित हो । बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन । मन्त्रिपरिषद् बैठकअघि तीन मुख्य दलका शीर्ष नेताहरूबीच भेटवार्ता हुँदैछ ।

प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच केहीबेरमा भेटवार्ता हुँदैछ ।

उनीहरूबीच दिउँसो ४ बजे सिंहदरबारमा भेटवार्ता तय भएको प्रधानमन्त्रीका विज्ञ सल्लाहका अग्नि खरेलले जानकारी दिए । खरेलका अनुसार शीर्ष नेताहरूबीच सोमबार संक्रमणकालीन न्यायको विषयमा मुख्य छलफल हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us