
काठमाण्डू, ११ चैत– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी रूपन्देहीको अध्यक्षमा हिराध्वज शाह सर्वसम्मत निर्वाचित भएका छन् ।
बुटवलमा सम्पन्न पार्टीको १० औं जिल्ला अधिवेशनले शाहको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत जिल्ला अध्यक्षमा निर्वाचित गरेको एकीकृत समाजवादी रुपन्देहीका एक नेताले जानकारी दिएका छन ।
यस्तै १० औं जिल्ला अधिवेशनले उपाध्यक्षमा अविराम विश्वकर्मा, अर्का उपाध्यक्षमा मिरा श्रेष्ठ, सचिवमा टंक प्रसाद पोख्रेल निर्वाचित गरेको निर्वाचन मण्डलका अध्यक्ष फर्सुराम घिमिरेले जानकारी दिएका छन ।
यसैगरी उप–सचिवमा रामबहादुर बस्नेत, बाबुराम अर्याल र शारदा पहारी चयन भएका छन् । समावेशी सदस्यहरूसहित ६७ सदस्यीय जिल्ला समिति सर्वसम्मत निर्वाचित भएको जिल्ला इन्चार्ज पोलिटब्यूरो सदस्य नन्दलाल बन्जाडेले जानकारी दिएका छन ।
नवनिर्वाचित अध्यक्ष शाहले पार्टीले अघि सारेको समाजवादी विचार र कार्यदिशामा नेपालका अन्य पार्टीलाई समेत सहमत गराई आगामी निर्वाचनसम्म पार्टीलाई रुपन्देहीमा निर्णायक शक्ति बनाउने प्रतिबद्धता व्यक्त समेत गरेका छन ।