धनगढीमा ट्यांकरको ठक्करबाट घाइते युवतीको मृत्यु

काठमाण्डु टुडे २०८१ चैत १० गते १५:३८ मा प्रकाशित

काठमाण्डू, ११ चैत– हिजो (आइतबार) धनगढीमा ट्यांकरले ठक्कर दिँदा घाइते भएकी युवतीको मृत्यु भएको छ । हिजो दिउँसो धनगढी उपमहानगरपालिका–३ चटकपुरमा सुपप्र०१००१ प २२११ नम्बरको ट्यांकरले साइकल यात्री गोदावरी नगरपालिका–८ बस्ने २१ वर्षीया पार्वती खड्कालाई ठक्कर दिएको थियो ।

ट्यांकरको ठक्करबाट घाइते भएकी खड्काको सोमबार बिहान उपचारका क्रममा धनगढीकै माया मेट्रो अस्पतालमा मृत्यु भएको डीएसपी कबिन्द्र सिंह बोहराले जानकारी दिएका छन ।

उनको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइने उनले जानकारी दिएका छन । ट्याङकर र चालक कञ्चनपुरको वेदकोट नगरपालिका–१ बस्ने ४९ वर्षीय प्रकाशदत्त भट्टलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको डीएसपी बोहराले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us