सल्यानमा जीप दुर्घटना, १७ जना घाइते

काठमाण्डु टुडे २०८१ चैत १० गते १४:४६ मा प्रकाशित

काठमाण्डू, ११ चैत– सल्यानमा जीप दुर्घटना हुँदा १७ जना घाइते भएका छन । जिल्लाको सिद्धकुमाख गाउँपालिका–३ गतियानास्थित तिमिलेबाट श्रीनगरतर्फ जाँदै गरेको भे १ ज १२१४ नम्बरको जीप सोमबार बिहान ११ बजेततिर दुर्घटना हुदाँ १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जीपमा चालकसहित १८ जना सवार थिए । बे्रक फेल भएर गाडी सडकको भित्तामा ठोक्किएर सडकमै पल्टिएको थियो ।

घाइतेहरुको श्रीनगरस्थित शारदा मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिएका छन । घाइतेहरुको अवस्था सामान्य रहेको र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us