चन्द्रागिरीमा हाईस अनियन्त्रित भई दुर्घटना हुदाँ एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ चैत १० गते १३:५७ मा प्रकाशित

काठमाण्डू, ११ चैत– काठमाण्डूमा हाईस अनियन्त्रित भई दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल वतन नखुलेकी अन्दाजी २५ बर्षीया सबिना गुरुङ रहेकी जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ ।

काठमाण्डूको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गा ढलानस्थित सडकमा हिजो आइतबार चितवनबाट काठमाण्डू आउँदै गरेको ग.१ ख ५५४६ नम्बरको हाईस दुर्घटना हुँदा गुरुङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएकी गुरुङको राष्ट्रिय ट्रमा सन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका हाईसमा सवार २ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र १ जनाको अन्नपूर्ण न्युरो अस्पताल माइतीघरमा उपचार भइरहेको छ ।

हाईस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us