
काठमाण्डू, १० चैत– काठमाण्डूमा बसले किच्दा एक व्यक्ति को मृत्यु मृत्यु भएको छ । काठमाण्डू महानगरपालिका–१६ स्थित सडकमा बा ५ ख ३७०२ नम्बरको बसले किच्दा एक पुरुषको मृत्यु जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ ।
अन्दाजी ६० वर्ष जतिका ती पुरुषको हालसम्म सनाखत हुन सकेको छैन । शनिबार दिउँसो बसले किचेर गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ ।
साथै बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।