
काठमाण्डू, १० चैत– भक्तपुरको ठिमी नगरपालिका–९ मा रहेको पिकनिक स्पोर्टमा एक जनाको शव फेला परेको छ ।
आइतबार बिहान मध्यपुर ठिमी नगरपालिका–९ बोडे निलबाराही स्थित पिकनिक स्पोर्टको पार्किङ स्थलमा खोटाङको केपिलासगढी गाँउपालिका–२ घर भई हाल बोडे बस्ने वर्ष ६६ वर्गीय ओम प्रकाश राई मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय भक्तपुरले जानकारी दिएको छ ।
कवाडीको सामान टिप्ने काम गर्ने उनी दाइने कानको छेउ र टाउकोमा चोट देखिएको अवस्थामा मृत फेला परेको भक्तपुर प्रहरीले जनाएको छ । साथै घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।