
काठमाण्डू, १० चैत– अमृत साइन्स क्याम्पस (अस्कल)मा आज (आइतबार) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का निर्वाचन भइरहेको छ । चैत ५ गतेका लागि तोकिएको निर्वाचन स्थगित भएपछि अस्कलमा आज निर्वाचन जारी छ ।
चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनमा अन्तिममा आएर स्थगित भएको थियो। अखिल क्रान्तिकारीले चैत ४ गते राति होस्टेलमा फर्जी विद्यार्थी बसिरहेको आरोप लगाउँदै तालाबन्दी गरेको थियो ।
जसले गर्दा स्ववियु निर्वाचन स्थगित भएको थियो । तत्काल स्ववियु निर्वाचन गराउनुपर्ने माग राख्दै अनेरास्ववियुले अदालतमा मुद्दा दायर गरेको थियो। अदालतले निर्वाचनका बाँकी प्रक्रिया तत्काल अघि बढाउन आदेश जारी गरेको थियो ।