काठमाण्डू, १० चैत– काभ्रेमा चट्याङ लागेर एक जना घाइते भएका छन । घाइते हुनेमा चौरीदेउराली गाउँपालिका–२ दुत्तीका २५ वर्षीय मोहन प्रधान रहेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जानकारी दिएको छ ।
(हिजो) शनिबार साँझ घर नजिकै बसिरहेको अवस्थामा चट्याङ परेको थियो । चट्याङ् लागेर घाइते भएका उनलाई स्थानीय अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको थियो ।
उनको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मिन बहादुर घलेले जानकारी दिएका छन ।