काठमाण्डू, ९ चैत– खोटाङमा २१ महिने शिशुको घरको बार्दलीबाट लडेर मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क बसेरिकी २१ महिने शिशु अनुसोया पोखरेलको बार्दलीबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय खोटाङले जानकारी दिएको छ ।
घरको बार्दलीबाट लडेर गम्भीर घाइते भएकी २१ महिने शिशुको उपचारका लागि काठमाण्डू लाने क्रममा बाटोमै मृत्यु भएको विष्टले जानकारी दिएका छन ।