खोटाङमा चट्याङ लागेर एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ चैत ८ गते १४:०१ मा प्रकाशित

काठमाण्डू, ९ चैत– खोटाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । खोटाङको केपिलासगढी गाउँपालिका–७ सुङ्देल गुल्टेनस्थित चट्याङ लागेर ४५ वर्षीया दिलकुमारी राईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

आज बिहान ४ः ०० बजे दिलकुमारीको चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us