१६३६ किलो गाँजासहित २ जना पक्राउ

काठमाण्डु टुडे २०८१ चैत ८ गते ९:४० मा प्रकाशित

काठमाण्डू, ९ चैत– प्रहरीले झापाबाट १६३६ किलो गाँजासहित दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा जिल्लाको शहीदभूमि नगरपालिका–४ बस्ने महेश राई र इलामको माइजोगाई गाउँपालिका–२ का ३७ वर्षिय गंगाबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यलय झापाले जानकारी दिएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट शुक्रबार सशस्त्र प्रहरीले दुईवटा ट्रक नियन्त्रणमा लिएको हो । इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको मिनि ट्रकलाई विशेष सूचनाको आधारमा नं. १ बराह बाहिनी मुख्यालय र नं. २ गण झापा मातहत सुरक्षा वेश टिमाइबाट खटिएको संयुक्त सुरक्षा फौजले चेक जाँच गर्दा ५७ वटा बोरामा राखेर ल्याउँदै गरेको गाँजासहित उनीलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

साथै उनीहरुको साथबाट नेपाली ८७ हजार ८ सय ८० रुपैयाँ र ५ थान मोवाईल सेट समेत बरामद गरीएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us