प्रचण्डले भनेः १५ चैतको प्रदर्शनपछि राजनीति सही ट्र्याकमा आउँछ

काठमाण्डु टुडे २०८१ चैत ७ गते १७:४६ मा प्रकाशित

काठमाण्डू, ८ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी १५ गते काठमाण्डूमा हुने जनप्रदर्शनपछि देशको राजनीति सही ट्र्याकमा आउने आधार तय हुने बताएका छन ।

आज (शुक्रबार) पर्साको ठोरी गाउँपालिकामा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । अधयक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा हुने उक्त सभामा सहभागी हुन पनि सर्वसाधरणलाई आग्रह समेत गरेका छन ।

उनले भने, ‘यो सरकार उल्टो बाटो हिँडिरहेको छ । त्यसकारण यसलाई बढी नै सजक गराउनुपर्ने खबरदारी गर्नुपर्ने आवश्यकता छ । त्यसमा तपाईंहरू पनि ठूलो संख्यामा उपस्थित हुन आग्रह गर्दछु, यो आउँदो १५ गते ।’

उक्त सभापछि पुनः एकपटक जनताको पक्षमा काम गर्ने वातावरण बन्ने विश्वास प्रचण्डले दिलाएका छन् । उनले भने, ‘मलाई लाग्छ १५ गते हामीले गर्ने विरोधसभापछि देशको राजनीति सही ट्र्याकमा आउने आधार बन्नेछ, ‘फेरि एकचोटी जनताको पक्षमा काम गर्ने वातावरण बन्ने विश्वाससहित तपाईंहरू सबैलाई बढीभन्दा बढी संख्यामा काठमाण्डूमा आउन आग्रह गर्छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us