बानेश्वरमा दलित अभियन्ताको अर्धनग्न प्रदर्शन

काठमाण्डु टुडे २०८१ चैत ७ गते १५:२१ मा प्रकाशित

काठमाण्डू, ८ चैत– आज (शुक्रबार) अन्तर्राष्ट्रिय जातीय विभेद विरूद्धको दिवसका अवसरमा राजधानीमा प्रदर्शन भएको छ । आज काठमाण्डूको बानेश्वरमा दलित अभियन्ताहरुले प्रदर्शन गरेका हुन् ।

‘दलितलाई खै’ भनि लेखिएको नारासहित अर्धनग्नसमेत बनेर प्रदर्शनमा सहभागी भएकाहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि केहीबेर तनावको स्थिति समेत बनेको थियो ।

सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच निषेधित क्षेत्रमा केहीबेर धकेलाधकेल समेत भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us