
काठमाण्डू, ८ चैत– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उत्पादित वस्तुको प्रयोग बढाउन आवाश्यक रहेको बताएका छन ।
आज (शुक्रबार) काठमाण्डूको बबरमहलमा एमालेको जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय उत्पादन र प्रयोगमा जोड दिएका हुन । उनले राष्ट्रिय उत्पादन र प्रयोग बढाएर देशलाई आत्मनिर्भर बनाउन आग्रह गरे । उनले कर्मवीरले असन्तुष्टि व्यक्त नगरी आफ्नो काममा ध्यान दिने उल्लेख गर्दै यस क्षेत्रमा स्वदेशी वस्तुको उत्पादनमा प्रोत्साहनका लागि सरकार तत्पर रहेको पनि बताएका छन । ।