चन्द्रागिरिको केउरानी वनमा आगलागी

काठमाण्डु टुडे २०८१ चैत ७ गते १२:०९ मा प्रकाशित

 काठमाण्डू, ८ चैत– आज (शुक्रबार) काठमाण्डूको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा आगलागी भएको छ । आगलागी भएको जानकारी पाउनासाथ नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जानकारी दिएको छ ।

उक्त वनको विभिन्न ठाउँमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिएका छन ।

आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचाल गरीउको पनि उनले जानकारी दिए ।स्थानीयको समेत सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भए पनि नियन्त्रणमा आइनसकेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us